images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • आइसिएफसि फाइनान्सले विद्युतीय स्कुटर गोगोरो...

आइसिएफसि फाइनान्सले विद्युतीय स्कुटर गोगोरो खरिद गर्न ऋण दिने

आइसिएफसि फाइनान्सले विद्युतीय स्कुटर गोगोरो खरिद गर्न ऋण दिने

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले नेबुला मोबिलिटीको विद्युतीय स्कुटर गोगोरो खरिद गर्ने ग्राहकहरूलाई खरिदको ऋण सुविधा प्रदान गर्ने भएको छ । सम्झौतामा आइसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र नेबुला मोबिलिटीका अध्यक्ष मनोज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।

    images
    images

    सम्झौतामा हस्ताक्षर गर्दै आइसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले भने नेबुला मोबिलिटीको गोगोरो स्कुटर पर्यावरणमैत्री उत्पादन भएको प्रतिबद्धता जनाउँदै देशको इन्धन खपतलाई न्यूनतम राखी आर्थिक उन्नतिमा टेवा पुर्याउने विश्वाससहित सहकार्य गरेको बताए ।

    नेबुला मोबिलिटीका अध्यक्ष मनोज कुमार गोयलले नेबुला मोबिलिटीको गोगोरो स्कुटरमा ब्याट्री फेर्न मिल्ने सुविधा भएकाले, कम्पनीले तोकेको स्टेशनमा गई पूर्ण चार्ज भएको ब्याट्री राख्न सकिने हुँदा अब ग्राहकहरू घरीघरी ब्याट्री चार्ज गर्नुपर्ने झन्झटबाट मुक्त भएको बताए ।

    images
    images

    यो सम्झौताले नेपालका उपभोक्ताहरूलाई डिजिटल र पर्यावरणमैत्री गोगोरो इलेक्ट्रिक स्कूटरहरूको खरिदमा सहजता पुर्याउनेछ । ग्राहकहरूले अब आइसिएफसि फाइनान्सको ऋण सुविधा मार्फत आफ्नो आवश्यकता अनुसार सजिलै वित्तीय सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले नेपालको सस्तो, दिगो, स्वच्छ पर्यावरणमैत्री यातायात प्रणालीको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend