images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • बिमा कम्पनीले बाढीपहिरोबाट भएको क्षतिमा...

बिमा कम्पनीले बाढीपहिरोबाट भएको क्षतिमा गरेनन् करिब १० अर्ब भुक्तानी

बिमा कम्पनीले बाढीपहिरोबाट भएको क्षतिमा गरेनन् करिब १० अर्ब भुक्तानी

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौंं । असोज १० र ११ गते आएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा १२ अर्ब ७८ करोड २४ लाख ६४ हजार रुपैयाँको ३ हजार ७२० वटा दाबी परेको छ ।बाढी पहिरोका कारण परेको माग दाबीमा २ अर्ब ५० करोड २० लाख ३४ हजार रुपैयाँको दाबी भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।

    images
    images

    प्राधिकरणका अनुसार माघ २३ गतेसम्म १ हजार ५३० वटा माग दाबीको ९ अर्ब ८७ करोड ९९ लाख ४२ हजार रुपैयाँ १४ वटा निर्जीबन बिमा र चार वटा माइक्रो इन्स्योरेन्सबाट भुक्तानी हुन बाँकी छ ।प्राधिकरणका अनुसार बिमालेख अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको थियो । सम्पत्ति बिमामा ९ अर्ब २० करोड ८४ लाख रुपैयाँ माग गर्दै १ हजार ७९२ वटामा दाबी परेको थियो । जसमा ८१८ वटा मागको ७ अर्ब ३ करोड ३४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

    इन्जिनियरिङ तथा ठेकेदार बिमालेखमा २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ माग गर्दैै ३२४ वटा दाबी परेको थियो । जसमा २११ वटा मागको २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । मोटर बिमा (निजी) बिमालेखमा ४२ करोड ४१ लाख रुपैयाँको ९५८ वटा दाबी परेको छ । जसमा ३२१ वटा दाबीको २० करोड ४२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

    images
    images

    मोटर बिमा (सार्बजनिक) बिमालेखमा ३१ करोड ३१ लाख रुपैयाँको ३९६ वटा दाबी परेको छ । जसमा १३८ वटा दाबीको ८ करोड ७८ लाख रुपैयाँ भुृक्तानी हुन बाँकी छ । सामुन्द्रिक बिमालेखमा ४ करोड १२ लाख रुपैयाँको २४ वटा माग दाबी भएको छ । जसमा ८ वटा दाबीको २ करोड १ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।यस्तै पशुुपन्छी बिमालेखमा ३ करोड ९३ लाख रुपैयाँको ६८ वटा माग दाबी परेको छ । जसमा १८ वटा माग दाबीको २ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको छैन । कृषि बालि बिमालेखमा १ करोड रुपैयाँको १३७ वटा दाबी परेको छ । जसमा १२ वटा बिमालेखको ९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।यस्तै विविध बिमा लेखमा ९१ लाख रुपैयाँको २१ वटा माग दाबी भएको थियो । जसमा ४ वटा बिमालेखको ४२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend