काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समान्य बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले १८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.४९ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको खुद बीमाशूल्क आर्जन १२ खर्ब रुपैयाँबाट बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कुल आम्दानी पनि बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। कम्पनीको जीवन बीमाकोष ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जुन गत आवमा ८ अर्ब १८ करोड रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख रुपैयाँ, शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ र महाविपत्ति कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ। ४ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा रहेको छ।




.gif)





