images

२०८३ आश्विन २८ गते

images
images
images

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १३ सय रुपैयाँले घट्दै १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको हो । 

    images
    images

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 
     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend