images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • ज्योति विकास बैंकद्वारा खैरहनी माविलाई डेस्क-बेञ्चहरू...

ज्योति विकास बैंकद्वारा खैरहनी माविलाई डेस्क-बेञ्चहरू प्रदान

ज्योति विकास बैंकद्वारा खैरहनी माविलाई डेस्क-बेञ्चहरू प्रदान

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । ज्योति विकास बैंकले चितवन जिल्ला, खैरहनी-६ मा रहेको खैरहनी माध्यमिक विद्यालयलाई ३० थान डेस्क-बेञ्चहरू प्रदान गरेको छ ।

    images
    images

    बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न न्यूनतम भौतिक पूर्वाधारमा योगदान पुर्याउने तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ ।सहयोग पश्चात, विद्यार्थीहरूले डेस्क(बेञ्चको उपयोग गरेर सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माणमा सुधार हुने बैंकले अपेक्षा गरेको जनाएको छ।

    विद्यालयमा आयोजित कार्यक्रममा बैंकको पर्सा शाखाका प्रबन्धक यज्ञ राज भट्टले विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्मालाई उक्त डेस्क-बेञ्चहरु हस्तान्तरण गरे ।कार्यक्रममा प्रधानाध्यापक शर्माले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग प्रति कृतज्ञता व्यक्त गरे ।

    images
    images

    डेस्क(बेञ्चहरूको व्यवस्था भएसँगै जिर्ण अवस्थामा रहेका डेस्क-बेञ्चहरूका कारण विद्यार्थीहरूलाई हुने असुविधाको अन्त्य भएकोमा उनले खुशी व्यक्त गरे ।बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा सामाजिक कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको छ।बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend