images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • स्वावलम्बन लघुवित्तको नाफामा ९४ प्रतिशतको सुधार...

स्वावलम्बन लघुवित्तको नाफामा ९४ प्रतिशतको सुधार हुँदा प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ

स्वावलम्बन लघुवित्तको नाफामा ९४ प्रतिशतको सुधार हुँदा प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा बढेको छ ।

    images
    images

    चालू आवको दोस्रो त्रैमासमा लघुवित्तको खुद नाफा  ९४.२१ प्रतिशत वृद्धि भएको छ। यो अवधिमा लघुवित्तले ८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    यस्तै, दोस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी पनि २०.०२ प्रतिशतले बढेर ८० करोड पुगेको छ । फि तथा कमसिन खर्च पनि १० करोड ८१ लाखबाट घटेर ४ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

    images
    images

    चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ, सेयर प्रिमियम ८ लाख रुपैयाँ र सञ्चित मुनाफा १० करोड १७ लाख रुपैयाँ रहेको छ।

    कम्पनीको प्रतिसेयर आम्दानी ९.७७ रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा रहेको थियो । यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend