images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • विशेष समारोह आयोजना गरेर सहिद दिवस...

विशेष समारोह आयोजना गरेर सहिद दिवस मनाउँदै सरकार

विशेष समारोह आयोजना गरेर सहिद दिवस मनाउँदै सरकार

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौँ । सरकारले माघ १६ गते सहिद दिवसका अवसरमा बुधबार काठमाडौँमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद सप्ताहको अन्तिम सहिद दिवस नेपाल सरकारका तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

    images
    images

    सहिद दिवसका दिन सकारकारका तर्फबाट पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। श्रद्धाञ्जली अर्पणपछि काठमाडौँको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए।

    बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेस गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने निर्णय गरेको छ। सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको भन्दै मन्त्री गुरुङले सुशासन प्रवर्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका लागि अध्यादेश ल्याएको स्पष्ट पारे

    images
    images

    सरकारका प्रवक्ता गुरुङले विपक्षीले भनेजस्तो संसद छल्ने बदनियत सरकारको नरहेको र सदनमा नै खुला रुपमा अध्यादेशका बारेमा छलफल हुने बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend