images

२०८३ आश्विन २० गते

images
images
images
  • अर्थतन्त्र
  • राजस्व अनुसन्धान विभागले सारी, स्वीटर, कुर्था,...

राजस्व अनुसन्धान विभागले सारी, स्वीटर, कुर्था, मोवाइल, ज्याकेटदेखि जुत्तासम्म लिलाम बिक्री गर्ने, हेर्नुस् सूचना

राजस्व अनुसन्धान विभागले सारी, स्वीटर, कुर्था, मोवाइल, ज्याकेटदेखि जुत्तासम्म लिलाम बिक्री गर्ने, हेर्नुस् सूचना

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौँ ।राजस्व अनुसन्धान विभागले सारी, स्वीटर, कुर्था सुरुवाल, टप्स, ज्याकेट, जुत्ता, चप्पल, मोवाइललगायतका बस्तुहरू लिलाम बिक्री गर्ने भएको छ ।राजस्व चुहावट मुद्दामा बरामद भएका यी वस्तुहरू विभागले ५ करोड ३६ लाख २ हजार ४६६ रुपैयाँ न्यूनतम मूल्यमा विभागले लिलाम गर्ने भएको हो । 

    images
    images

    विभागले लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्रका लागि १५ दिनको समय दिएर सार्वजनिक सूचना आह्वान गरेको छ ।  लिलाम गर्न लागिएको मालवस्तुहरूमा सारी १३८ पिस, स्वीटर १६० पिस, कुर्था सुरुवाल २५ हजार ८७३ पिस, टप्स ९३३ पिस, ज्याकेट २०९ पिस, एयर बर्ड २ हजार ३४० पिस रहेको छ । 

    यसैगरी, जुत्ता ६४ जोर, चप्पाल ८० जोर, टेम्पर ग्लास २ हजार २४२ के.जी., मोवाइल कभर १ हजार ४७४ के.जी., जिन्स पाइन्ट १०४ पिस, मोवाइल डिस्प्ले १ हजार ९९० पिस, मोबाइल १०५ नम्बरको नोकिया २०० पिस, कस्मेटिक १ हजार ५०० पिस, सर्ट ३० पिसलगायतका सामाग्री पनि लिलाम गरिने विभागले जनाएको छ । 

    images
    images

    नियमअनुसार दर्ता भएका इच्छुक फर्म तथा कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार लिलाम गर्न सूचना प्रकाशित गरिएको विभागको सूचनामा उल्लेख छ ।Note.JPG

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend