images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • खल्तीले ८औँ वार्षिकोत्सव मनाउँदै, ल्यायो यस्तो...

खल्तीले ८औँ वार्षिकोत्सव मनाउँदै, ल्यायो यस्तो अफर

खल्तीले ८औँ वार्षिकोत्सव मनाउँदै, ल्यायो यस्तो अफर

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौँ ।  डिजिटल वालेट ‘खल्ती’ले आइतबार स्थापनाको ८औँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा ‘Celebrating Gr* Years’ थिम राखी आफ्नो वार्षिकोत्सव मनाइरहेको छ । 

    images
    images

    २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको २०२५ सम्म आइपुग्दा डिजिटल रूपान्तरणमा उल्लेखनीय काम गरेको बताएको छ ।  यी वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि लिएर विभिन्न ग्याजेट खरिदको लागि ‘खल्ती मल’ र रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिभ डिल रहने ‘प्लेसेस बाई खल्ती’सम्म, खल्तीले आफ्नो डिजिटल सेवा विस्तार गरेको जनाएको छ ।

    पछिल्लो समय आफ्नो प्रयोगकर्ताहरू माझ कम्पनीले विभिन्न इन्स्योरन्स र लगानी जस्ता वित्तीय सेवाहरू पनि ल्याएको छ।  यस्तै हालै खल्तीले गुगल प्ले स्टोरमा ५० लाख डाउनलोड पनि पूरा गरेको छ। नेपाल प्रिमियर लिगको टिकटिङ, बाइक सुरक्षा र कार सुरक्षाको सुरुवात, बिगेस्ट पेमेन्ट जात्राको तेस्रो संस्करणको सफलता, रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिभ डिल रहने प्लेसेस बाई खल्ती र ग्याजेटहरूका लागि खल्ती मलको स्थापना –  यस आठौँ वर्षको प्रमुख बिन्दुहरू रहेको खल्तीले जनाएको छ ।

    images
    images

    यसैबिच वार्षिकोत्सवको अवसरमा गल्तीले रु ८ को अफर ल्याएको छ ।  माघ ०७ देखि १८ गतेसम्म लागू हुने यो अफरमा हरेक सुविधालाई निश्चित समय अवधि तोकेर रु ८ मा कफी, स्वास्थ्य सुरक्षा , टपअप, मुभी अनि फ्लाइट अफर ल्याइएको कम्पनीले जनाउको छ । जसअनुसार पहिलो ८८ हजार ८८८ प्रयोगकर्ता सम्मलाई रु ८ मै कफी, पहिलो ८ हजार ८८८ प्रयोगकर्ता सम्मलाई रु ८ मै सुरक्षा मिनी नामक स्वास्थ्य बिमा प्याकेज, ८८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै रु ५०० सम्मको टपअप, ८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै मुभी टिकट र ८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई  रु ८ मै फ्लाइट टिकट उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

    रु ८ मै कफी प्राप्त गर्न प्रयोगकर्ताहरूले खल्ती एप भित्र ‘इन्टरटेनमेन्ट’ सेक्सनमा गई ‘प्लेसेस’ भित्र कफीको अफर छनोट गरी आफूलाई पायक पर्ने ठाउँमा रु ८ मै कफी अर्डर गर्न सक्नेछन् भने यस अफर माघ १३ देखि १५ सम्मका लागि मान्य रहने खल्तीले जनाएको छ । खल्तीले अन्य अफरको लागि आ–आफ्नो समय अवधि र व्यवस्था छुट्टाएको छ । यसका साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै खल्ती मल अफर तथा उपहार पनि आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्षमा उपलब्ध गराएको छ।

    खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्काले आज हरेक नेपाली घरमा खल्ती एक विश्वसनीय ब्रान्डको रूपमा उभिन सफल भएको भन्दै आगामी दिनमा पनि ग्राहको चाहनाअनुसार सेवा प्रदान गर्दै अघि बढिने प्रतितबद्धता जनाए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend