images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • ललितपुरका विभिन्न स्थानमा आज साढे ६...

ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा सम्म बिजुली कटौती

ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा सम्म बिजुली कटौती

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौंः ४ माघ, । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा सम्म बिजुली कटौती गर्ने भएको छ ।

    images
    images

    प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान साढे ९ बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

    प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।

    images
    images

    बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

    तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा निर्धारित समय सीमा भन्दा पहिल्यै बिजुली आउन सक्ने सूचनामा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend