images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • तरकारी बेचेर वार्षिक चार लाख कमाउँदै...

तरकारी बेचेर वार्षिक चार लाख कमाउँदै वडाध्यक्ष ‘चौधरी’

तरकारी बेचेर वार्षिक चार लाख कमाउँदै वडाध्यक्ष ‘चौधरी’

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • तुलसीपुर (दाङ) । यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् ।उनी सो वडाका वडाध्यक्ष पनि हुन । वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन् । 

    images
    images

    “तरकारीखेती हाम्रो पुरानो पेसा हो”, उनले भन्नुभयो, “म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न सक्दिन ।”  करिब तीन कठ्ठा जमिनमा उनले गोलभेडाखेती गरेका छन् ।  अन्यमा केराउ, प्याज, लसुनखेती गर्नुभएको छ । चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनी तीन बाली खेती लगाउने गर्नुहुन्छ । कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ । वडाअध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमाछन् । साउनमा काँक्रा, सिमी  र बोडी रोप्ने गर्छन् । असोजमा गोलभेडा, केराउ रोप्ने गरेको उनी बताउँछन्। 

    “जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भने “तरे, म उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरुलाई प्रेरणा होस् ।”  उनले उत्पादन गरेको तरकारीले उचित बजार भने पाउन सकेको छैन । भारतबाट आयातित तरकारीले यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उनको गुनासो छ । चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उनले बताए । हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ । गोलभेडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर उनले वार्षिक रु.चार लाखसम्म आम्दानी गर्दै आएका छन् ।  उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताए। रासस

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend