images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • परराष्ट्रमन्त्री राणाले विपिन रिहाइको पहल गरिदिन...

परराष्ट्रमन्त्री राणाले विपिन रिहाइको पहल गरिदिन इजरायलका विदेशमन्त्री सँग पनि गरिन् अपिल

परराष्ट्रमन्त्री राणाले विपिन रिहाइको पहल गरिदिन इजरायलका विदेशमन्त्री सँग पनि गरिन् अपिल

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज साँझ इजरायलका विदेशमन्त्री गिडियन सार सँग पनि फोनवार्ता गरेकी छन् ।

    images
    images

    हमासले आफ्नो नियन्त्रणमा रहेका मध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा.राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सार मार्फत् इजरायल सरकार सँग आग्रह गरेकी हुन् ।

    फोनवार्तामा मन्त्री डा.राणाले इजरायल सरकारले विपिन सहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गरेकी थिइन् ।

    images
    images

    त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा.राणालाई गराएका थिए । साथै विदेशमन्त्री सारले आज बिहान परराष्ट्रमन्त्री डा राणाले कतारका मन्त्री सँग कुराकानी गर्नुभएकामा खुसी पनि व्यक्त गरेका थिए । कतारका मन्त्री हमास सँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्त्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाई थियो ।

    आज बिहान नै मन्त्री डा.राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल खुलाइफी सँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन्।

    हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा.राणाले इजरायल सरकार र हमास सँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्ट सँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहेकी छन् ।

    गत हप्ता मात्र उनले इजिप्ट सरकार सँग पनि सो आग्रह गरेकी थिइन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend