images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • तिब्बतका भूकम्प पीडितलाई नेपाली समुदायबाट सङ्कलन...

तिब्बतका भूकम्प पीडितलाई नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख सहयोग

तिब्बतका भूकम्प पीडितलाई नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख सहयोग

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं, २६ पुस । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्प पीडितलाई ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याण कोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ ।

    images
    images

    ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा महावाणिज्य दूतावासका कन्सुल सविन भट्टराई समेतको रोहबरमा कोषका अध्यक्ष कुञ्जोले रेडक्रस प्रमुख लियो यिदोङलाई हस्तान्तरण भएको हो ।

    ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्य दूतावास, कल्याणकोष र नेपाली समुदाय प्रति आभार व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला बीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend