images

२०८३ आश्विन १९ गते

images
images
images

नयाँ वर्षमा सबै भन्दा कम पर्यटक

नयाँ वर्षमा सबै भन्दा कम पर्यटक

images
images
शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहान देखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्न सम्ममा अधिकांश होटल भरि सकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनु पथ्र्यो । सौराहाका कुनाकुना सम्मका होटल भरिभराउ हुने गर्दथे।

    images
    images

    यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन । नयाँ वर्षको दुई दिन पहिले देखि दुई दिन पछि सम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुने गर्दथ्यो । विगत १४ वर्ष देखि प्रत्यक्ष रूपमा पर्यटन व्यवसाय लाग्नु भएका क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगाले पछिको नयाँ वर्षमा सबै भन्दा कम पर्यटक यस वर्ष आएको बताउछन । व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशत भन्दा बढी कोठा भरिएका थिएनन् ।

    घिमिरेको भनाइमा सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी भएको हो । काठमाडौँबाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए । यस्तै पोखरा र बुटवल तर्फबाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए । घिमिरे भने, “सडक सँगै आर्थिक मन्दी र यहाँ नयाँ कार्यक्रम नहुँदा पर्यटकको कमी भएको हुनुपर्छ ।”
     
    केही दिन अगाडि सम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको सङ्ख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको उनको भनाइ छ ।

    images
    images

    होटल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरी बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गर्ने गर्छन । कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उनले बताए। विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उनको भनाइ छ ।
     
    सौराहा आउने पर्यटकको मुख्य रोजाइ जङ्गल सफारी हुने गर्दछ । हात्ती सफारी गराउँदै आएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा नयाँ वर्षमा पनि पर्यटकको सङ्ख्यामा कमी आएको बताउछन। विगतका वर्षहरूमा एउटा हात्तीले पाँच पटक सम्म पर्यटकलाई जङ्गल घुमाउने गरेको स्मरण गर्दै उहाँले यस वर्ष मुस्किलले तीन खेप गरेको बताए । उनले भने, “विगतमा पाँच पटक हात्तीले पर्यटकलाई घुमाउँदा पनि पालो नपाएर धेरै फर्किने गर्दथे ।” उहाँको भनाइमा यस वर्ष २५ प्रतिशत भन्दा कम पर्यटक सौराहा घुम्न आएको अनुमान गर्न सकिन्छ ।
     
    क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया सडक सञ्जाल, आर्थिक मन्दी, बालबालिकाको परीक्षा लगायतका कारण पर्यटकको कमी भएको बताउछन। उनले भने, “बाटो कुनै निर्माणाधीन, कुनै बन्द छन्, जहाजको भर छैन, कहाँबाट पर्यटक आउनु रु” आम नागरिक आर्थिक मन्दीको चपेटामा रहेकाले पनि घुम्न आउने घटेको उनको भनाइ छ ।

    सौराहामा एक सय ६० वटा होटल छन् । ती होटलमा छ हजार पाँच सय पर्यटक अटाउँछन् । असी प्रतिशत हाराहारी मात्रै भरिएको थपलिया बताउछन । उनले भने, “पहिले पहिले दिउँसै होटल भरिएर सूचना टाग्नु पथ्र्यो, यो वर्ष यस्तो भएन ।” आएका मध्ये ८० प्रतिशत नेपाली र बाँकी भारतीय एवं तेस्रो मुलुकका रहेको उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, डुङ्गा, हात्ती सफारीका लागि पर्यटक आउने गर्दछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend