images

२०८३ आश्विन १८ गते

images
images
images

पुस २५ देखि चितवन महोत्सव

पुस २५ देखि चितवन महोत्सव

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं ।  आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि १५ औं चितवन महोत्सव यही पुस २५ गतेदेखि सुरु हुने भएको छ। 

    images
    images

    चितवन उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको उक्त महोत्सव प्रत्येक २–२ वर्षमा हुँदै आएको छ। यस पटकको महोत्सवमा पर्यटन प्रवर्द्धन गर्ने हेतुले पर्यटनलाई केन्द्रविन्दुमा राखेर आयोजना गरिएको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक सुमन श्रेष्ठले बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बताए। महोत्सवले पर्यटनका साथै आर्थिक गतिविधि लागि उत्प्रेरणा दिने क्षेत्रीय असन्तुलन घटाउने सांस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनले बताए।

    संयोजक श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रूपमा विकास गर्नेको लागि महोत्सव परिसरभित्र विविधताको प्रतिनिधित्व गर्ने खालको कृतिम पार्क निर्माण गर्न लागेको बताए।उनले महोत्सवमा चीनको उद्योग वाणिज्यको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरूको उत्पादनको प्रदर्शनी रहने बताए। १५ दिनसम्म चल्ने उक्त महोत्सव ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने करिब ३० करोडको कारोबार हुने अपेक्षा गरिएको संघले जनाएको छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend