images

२०८३ आश्विन २७ गते

images
images
images

राधी विद्युत कम्पनीको साधारणसभा आज

राधी विद्युत कम्पनीको साधारणसभा आज

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज पुस १८ गते बस्दैछ। सभा ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि शुरू हुनेछ।

    images
    images

    सभामा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव पारितका लागि पेश गरिनेछ।

    साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

    images
    images

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend