images

२०८३ आश्विन २५ गते

images
images
images

पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ।

    images
    images

    आजै राति १२ बजेदेखि लागू  हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

    पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र  डिजेल प्रतिलिटर २ रुपैयाँ बढाइएको हो।

    images
    images

    निगमको नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा प्रतिलिटर १६२ रुपैयाँ र अन्यत्र १६० रुपैयाँ ५० पैसा पर्नेछ।

    यस्तै, डिजेल काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा प्रतिलिटर १५२ रुपैयाँ र अन्यत्र १५० रुपैयाँ ५० पैसा पर्नेछ।

    साथै हवाइ इन्धनको मूल्य आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तराष्ट्रिय तर्फ काठमाडौँका लागि प्रतिकिलोलिटरमा १५ अमेरिकी डलरले घटाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend