images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • सांग्रिला मोटर्सको नयाँ वर्ष एक्सचेन्ज कर्निभल...

सांग्रिला मोटर्सको नयाँ वर्ष एक्सचेन्ज कर्निभल २०२५

सांग्रिला मोटर्सको नयाँ वर्ष एक्सचेन्ज कर्निभल २०२५

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य सांग्रिला मोटर्स प्रालिले नयाँ वर्षको विशेष अवसर पारेर ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ को घोषणा गरेको छ। 

    images
    images

    यस कार्निभललाई नयाँ वर्ष जस्तै नविनतम एवम्  अविस्मरणीय उत्सवका रूपमा सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ। यही डिसेम्बर २७ र २८ मा गैरीधाराको सिल्भर ओकमा आयोजना हुन लागेको दुई-दिने यस कार्यक्रममा नयाँ वर्षको सुरुवातसँगै अटोमोटिभ दुनियाँका उत्कृष्ट अनुभवहरू अन्वेषण गर्ने अवसर प्राप्त  हुनेछ।

    यस विशेष कार्निभलमा तीन उल्लेखनीय अटोमोटिव ब्रान्डहरू-लिपमोटर, सिट्रोएन, र प्युजो-प्रदर्शन गरिनेछ। यी ब्रान्डहरूले अत्याधुनिक प्रविधि, विविध शैली र प्रदर्शनलाई एउटै छानामुनि प्रस्तुत गर्दै छन्। यस कार्निभलमा सहभागीहरूले आकर्षक अफरहरूको फाइदा लिन सक्नेछन् साथै आफ्नो पुरानो गाडीको लागि उत्कृष्ट मूल्यांकन र सहज फाइनान्सिङ सुविधाको उपयोग गरी आफ्नो सपनाको गाडी खरिद गर्न सक्नेछन्। 

    images
    images

    यस कार्यक्रमले सहभागीहरूलाई नयाँ मोडेलहरूको टेस्ट ड्राइभ गर्ने अवसर पनि प्रदान गर्नेछ जसले ती गाडीहरूको लक्जरियस, प्रफर्मेन्स र आधुनिक प्रविधिको  विशेषताहरू प्रत्यक्ष अनुभव गर्न पाइनेछ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend