images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • राजनीति छाडेर कृषि कर्ममा अब्बल श्रेष्ठ...

राजनीति छाडेर कृषि कर्ममा अब्बल श्रेष्ठ दम्पती

राजनीति छाडेर कृषि कर्ममा अब्बल श्रेष्ठ दम्पती

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका –२ जामुने निवासी सुकनारायण श्रेष्ठ राजनीति छोडेर कृषि पेशामा रमाइँरहनुभएको छ । किसान श्रेष्ठ कृषि पेशाबाट नाम र दाम दुवै कमाउनुभएको छ । उहाँले सुन्तला बेचेर वार्षिक ७० लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । श्रेष्ठले म्याग्दे गाउँपालिका –२ उमाचोकमा व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएको छ । २०५४ सालमा भएको निर्वाचनमा साविक जामुने गाविसको अध्यक्षमा निर्वाचित हुनुभएका श्रेष्ठ हाल कृषि पेशामा सन्तुष्ट हुनुहुन्छ । 

    images
    images

    राजनीति चटक्क छाडेर कृषि पेसामा लाग्नु भएका श्रेष्ठले सुन्तला खेतीबाट नाम र दाम दुवै कमाउनु भएको छ । श्रेष्ठको सुन्तला बगैँचा ३६ रोपनी क्षेत्रफलमा फैलिएको छ । एक हजार सुन्तलाका बोट रहेको यस वर्ष ४० लाखको सुन्तला ठेकेदारले बगैंचाबाट किनेर लगेको श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष ७० लाखको बिक्री गरेकोमा यस वर्ष सुन्तला उत्पादन घटेकाले आम्दानी कम भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष सुन्तलाले पूmल खेल्ने बेलामा खडेरी धेरै भएकाले कम फलेको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले गत वर्ष ७० लाखको सुन्तला बगैँचाबाट बिक्री भएको तर यस वर्ष उत्पादन घट्दा कम आम्दानी भएको जानकारी दिनुभयो । 

    व्यावसायिक रुपमा सुन्तलाको बोट हुर्काएर कृषक श्रेष्ठ लखपति बन्न सफल हुनु भएको छ । कृषक श्रेष्ठलाई सुन्तलाबोट सुन फल्ने बोटजस्तै भएको छ । केही वर्ष पहिलेसम्म आफन्तलाई कोशेली पाको पारेर पठाउन र आपूmले खाएर ठिक्क हुने कृषक श्रेष्ठलाई सुनजस्तै भएको छ । बोटमा सुन्तला हैन, सुन फलेजस्तो लाग्छ श्रेष्ठका लागि । कृषक श्रेष्ठले भन्नुभयो, ‘पहिला सौखिनका लागि पालिएको सुन्तला हाल सुन सरी भएको छ’ राजनीतिमा निस्क्रिय बन्दै जानुभएका श्रेष्ठ सुन्तला खेतीबाट नाम पनि दाम पनि मिल्न थालेपछि त्यसमै रमाउनुभएको छ । 

    images
    images

    म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ उहाँ जिल्लाकै नमुना किसान भएको बताउनुहुन्छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हातमा सिप र मेहनत हुने हो भने यही माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ ।’ सुकनारायणले सुन्तला खेतीबाट लोभलाग्दो कमाई गर्न सफल भएकाले सबैको लागि प्रेरणाको स्रोत बनेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठले भन्नुभयो, ‘सुकनारायणको सुन्तला खेतीले उहाँलाई मात्र आम्दानी दिएको छैन, पुरै गाउँलेलाई पनि व्यावसायिक सुन्तला किसान बनाउन प्रेरणा जगाएर उमाचोकको डाँडा कतै खाली छैन । जताततै सुन्तलाको बगान छ । वि.सं २०६० सालदेखि निरन्तर रुपमा व्यावसायिक सुन्तला खेतीमा लागेको किसान श्रेष्ठले जानकारी दिनुभयो । 

    सुरुमा २२ हजार रुपियाँ आम्दानी लिनु भएका श्रेष्ठको आम्दानीको ग्राफ उकालो चढिरह्यो । हजारबाट लाख १० लाख हुँदै ७० लाख रुपियाँसम्म उहाँले सुन्तला बिक्रीबाट हात पारेको श्रेष्ठले बताउनुभयो । सुन्तला बिक्रीका लागि ग्राहक खोज्नु नपर्ने र ठेकेदारले बगैंचामा बोटबाटै टिपेर लैजाने उहाँले जानकारी दिनुभयो ।वर्षेनी एउटै व्यापारीले वगानको ठेक्का लिने उहाँले बताउनुभयो । सुन्तलाको गोडमेल, औषधी उपचारमा वार्षिक १८ लाखको हाराहारीमा खर्च हुने श्रेष्ठले बताउनुभयो । श्रेष्ठले सुन्तला लगाउनुअघि गाउँलेले सुन्तला लगाएका थिएनन् ।

    श्रेष्ठ २५ देखि ३० लाख हुँदै ५० देखि ७० लाख लिन थालेपछि चर्चा चल्न थाल्यो । श्रेष्ठले भन्नुभयो, ‘मैले राम्रो कमाएपछि सबैले सुन्तला लगाएर हुने रै’छ बुझे, हाल जति पनि जमिन जग्गा छन् त्यहाँ बाँझो नराखी सुन्तला लगाएर मैलैजस्तै आम्दानी गर्न थालेका छन् ।’ श्रेष्ठको सुन्तला खेतीमा साथ दिनु भएको छ जीवनसङगिनी युक्तकुमारी श्रेष्ठले । उहाँहरु दुवै जनाले दुःख गरेर सुन्तलाको बोट हुर्काउनु भएको हो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend