images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • जीवन बिमा कम्पनीले पाँच महिनामा आर्जन...

जीवन बिमा कम्पनीले पाँच महिनामा आर्जन गरे ६५ अर्ब ७४ करोड बिमाशुल्क, कुनको कति ?

जीवन बिमा कम्पनीले पाँच महिनामा आर्जन गरे ६५ अर्ब ७४ करोड बिमाशुल्क, कुनको कति ?

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनसम्मको अवधिमा १४ जीवन बिमा कम्पनीले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।

    images
    images

    जीवन बिमा कम्पनीहरुले यो अवधिमा ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ नवीकरण बिमाशुल्क र १ अर्ब १८ करोड ९७ लाख रुपैयाँ वैदेशिक रोजगार बिमाशुल्क रहेको छ भने प्रथम बिमाशुल्क मात्रै १२ अर्ब ४७ करोड १ लाख रुपैयाँ रहेको छ । बिमा प्राधिकरणका अनुसार हाल कुल सक्रिय रहेको बीमालेख संख्या १ करोड ३३ लाख ४२ हजार २४६ वटा रहेको छ ।

    यस्तै मंसिर महिनामा मात्रै जीवन बिमा कम्पनीले ३ लाख ७७ हजार ९२८ वटा बिमालेख जारी गरेर १२ अर्ब ३४ करोड ८६ लाख रुपैयाँको बिमा शुल्क आर्जन गरेका छन् ।यस्तै एक महिनामा नवीकरण बिमा शुल्क ९ अर्ब ३९ करोड ४३ लाख रुपैयाँ, वैदेशिक रोजगार बिमा शुल्क २७ करोड ८७ लाख र प्रथम बिमाशुल्क २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ रहेको छ । प्रथम बिमाशुल्क वैदेशिक रोजगार बाहेक हो ।

    images
    images

    बिमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।धेरै बिमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।लाइफ इन्स्योरेन्स कर्पोरेशनले ७ अर्ब ६६ करोड ३६ लाख, मेट लाइफले २ अर्ब ३३ करोड २० लाख, एशियन लाइफले ३ अर्ब ३६ करोड ४ लाख, आइएमई लाइफले १ अर्ब ८९ करोड ४९ लाख, सन नेपाल लाइफले १ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

    बिमा प्राधिकरणका अुनसार मंसिर मसान्तसम्म रिलायबल नेपाल लाइफले १ करोड ९२ लाख १५ हजार, सिटिजन्स लाइफले २ अर्ब ६५ करोड ५४ लाख, सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड ६८ लाख, सानिमा रिलायन्सले २ अर्ब ५९ करोड ७५ लाख, हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

    यस्तै हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ र राष्ट्रिय जीवन बिमा कम्पनीले २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend