images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • तरकारीखेती गरेर आम्दानी गर्दै कुशाहाका दलित...

तरकारीखेती गरेर आम्दानी गर्दै कुशाहाका दलित समुदाय

तरकारीखेती गरेर आम्दानी गर्दै कुशाहाका दलित समुदाय

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • सप्तरी । सुरुङ्गा नगरपालिका-५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। उनले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आएका छन्। 

    images
    images

    ‘आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु। परिवारका सबैजना यही काममा लागिपरेका छौँ’, खेतमा गोलभेडा गोडमेल गर्दै गरेका पबितारले भने, ‘वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु। यसबाट वार्षिक एक-डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको छ।’ उनले आफ्नो स्वामित्वमा रहेको दुई कठ्ठा तथा लिजमा लिएर चार कठ्ठा जमिनमा तरकारीखेती गरिरहेको बताए। 

    पबितारले यो वर्ष मात्र दुई क्विन्टल काउलीबाट मात्र ६० हजार रुपैयाँ आम्दानी गरे। उनले अहिले खेतमा गोलभेडा लगाएका छन्। उनीजस्तै चलितर पासवानले पनि तरकारीखेती गरेर नियमित आम्दानी गर्दै आएका छन्। तरकारीको आम्दानीबाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए। गोलभेडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी लगाउने गरेको उनले जानकारी दिए। 

    images
    images

    पबितार र चलितरजस्तै यस गाउँका अधिकांश विपन्न दलित रिवारको तरकारीखेतीबाट जीवतस्तर उकासिएको छ। उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन्। विभिन्न संघसंस्था तथा स्थानीय निकायबाट संस्थागत रूपमा उनीहरूले सहयोग लिने गरेका छन्। यो समूहमा अहिले १६ जना सदस्य छन्। 

    यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारीखेतीतर्फ आकर्षित गर्ने काम सबल नेपालले गरेको हो। किसानलाई खेतीसम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधि सहयोग गर्दै आएको कार्यक्रमका सुपरभाइजर अशोककुमार साहले बताए। उनले नगरपालिकासँग समन्वय गरेर आफूहरूले कृषि, शिक्षा, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिए। रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend