images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आज देशभरको मौसम कस्तो रहला ?...

आज देशभरको मौसम कस्तो रहला ? बादल लाग्ने, हल्का वर्षा तथा हिमपात सँगै चिसो बढ्ने पूर्वानुमान

आज देशभरको मौसम कस्तो रहला ? बादल लाग्ने, हल्का वर्षा तथा हिमपात सँगै चिसो बढ्ने पूर्वानुमान

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । अब नेपालको पश्चिमी भेगमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपात सँगै चिसो बढ्ने पूर्वानुमान गरिएको छ ।

    images
    images

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार देखि पश्चिम नेपालको विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उनले बताएकी छन् । र, यसको असर लुम्बिनी प्रदेश सम्म पर्ने र आंशिक असर काठमाडौँसम्म आइपुग्ने उनको भनाइ छ ।

    मौसमविद् कँडेलले भनिन्, ‘पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौँमा पनि थोरै बदली भई छिटफुट सम्म वर्षा हुनसक्ने छ, चिसो पनि केही बढ्ने छ ।’ प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असर मात्रै पूर्व तथा मध्यतिर पर्ने जनाइएको छ ।

    images
    images

    यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ । गएको मङ्सिर २९ गते काठमाडौं उपत्यकामा यो वर्षकै अत्यधिक चिसो भएको थियो । त्यस दिन काठमाडौंको तापक्रम २ डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।

    हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था छ । बाँकी भूभागमा मौसम सफा रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend