images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • काउली प्रतिकिलो ७०, बन्दा ३०, तने...

काउली प्रतिकिलो ७०, बन्दा ३०, तने बोडी ६०, घिउ सिमी ८०, यस्तो छ कालीमाटीमा तरकारीको भाउ

काउली प्रतिकिलो ७०, बन्दा ३०, तने बोडी ६०, घिउ सिमी ८०, यस्तो छ कालीमाटीमा तरकारीको भाउ

images
images
सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • काठमाडौं । गोलभेडाको भाउ सस्तिएको छ । यसको आपूर्ति सहज भएसँगै एक सातामा गोलभेडाको भाउ ३१ प्रतिशतसम्म घटेको छ ।

    images
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबारका ठूलो गोलभेडाको भाउ प्रतिकिलो अधिकतम ७० रुपैयाँ छ । त्यस्तै सानो लोकल गोलभेडाको भाउ प्रतिकिलो १६ रुपैयाँमा झरेको छ भने टनेल गोलभेडाको भाउ किलोको २६ रुपैयाँ छ ।

    कालीमाटी बजारमा सोमबार रातो आलुको भाउ प्रतिकिलो अधिकतम मूल्य ६२ रुपैयाँ छ । त्यस्तै सुकेको प्याजको भाउ प्रतिकिलो अधिकतम ९५ रुपैयाँ छ । स्थानीय काउली प्रतिकिलो ७० रुपैयाँ, बन्दा ३०, तने बोडी ६०, घिउ सिमी ८०, राजमा १२०, तितेकरेला ४०, लौका ६०, परवर ३५ तथा घिरौंला ७० रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ ।

    images
    images

    समितिका अनुसार डल्ले च्याउ २४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, कुरिलो २५० रुपैयाँ, न्यूरो ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । विगत एक सातामा डल्ले च्याउको मूल्य ३६ प्रतिशत बढेको छ भने कुरिलोको भाउ स्थिर छ ।

    एक सातामा आलुको भाउ ११ प्रतिशतसम्म घटेको छ । तीबाहेक बोडी, घिउ सिमी, घिरौंला पनि केही सस्तिएको छ । प्याज, बन्दा, तिते करेला तथा लौकाको भाउ बढेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend