images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • महिन्द्राको नयाँ इभी 'बिई ६' बजारमा,...

महिन्द्राको नयाँ इभी 'बिई ६' बजारमा, के के छन् खास विशेषता?

महिन्द्राको नयाँ इभी 'बिई ६' बजारमा, के के छन् खास विशेषता?

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  •  काठमाडौं । महिन्द्राले 'बिई ६ ई' गाडीको नाम परिवर्तन गरेको छ।

    images
    images

    महिन्द्राले हालै विद्युतीय सवारी साधनको नयाँ श्रेणी अन्तर्गत 'एक्सइभी ९ई' र 'बिई ६ ई' गाडी सार्वजनिक गरेको थियो।तर, इन्डिगोको ६ई नामसँग कानुनी विवाद परेपछि महेन्द्राले यो गाडीको नाम परिवर्तन गरेको छ। यसअघि 'बिई ६ई' राखिएको गाडीको नाम परिवर्तन गरी 'बिई ६' मात्रै राखिएको छ।

    इन्डिगोको ६ई विमान क्षेत्रसँग सम्बन्धित भएर दर्ता गरिएको थियो। महिन्द्राले यातायात क्षेत्रसँग सम्बन्धित भएर यो नाम दर्ता गराएको थियो। यस कारणले गर्दा बिई ६ई नाम राख्न पाउने अधिकार रहेको महिन्द्राको दाबी थियो। 

    images
    images

    अहिले नाम परिवर्तन गरिए पनि ’बिइ ६ई’ नाम प्रयोग गर्ने आफ्नो अधिकार  कानुनी प्रक्रिया मार्फत खोज्ने महिन्द्राले जनाएको छ।गाडी ट्रेडमार्क ’क्लास १२’ अन्तर्गतको सो गाडीको नाम अहिलेलाई 'बिई ६' नै रहने महिन्द्राले बताएको छ।

    के छन् विशेषता:

    यो गाडिको डिजाइन निकै आधुनिक बनाइएको छ। अगाडिको भागमा स्कुप गरिएको बोनेट (बाहिर निस्किएको जस्तो) र हावा पास गर्ने प्वाल सहितको छ।

    हेडलाइट र डिआरएक (डे टाइम रनिङ लाइट्स) आकर्षक राखिएको छ। यसले गाडीलाई निकै आकर्षक बनाएको छ। यो गाडीमा २० इन्चभन्दा ठूला पांग्राको प्रयोग गरिएको छ भने पांग्राको वरिपरि 'ग्लस ब्ल्याक' फिनिश गरिएको छ।गाडीको छत पछाडितिर केही ढल्किएको बनाइएकोले यो स्पोर्टस कार जस्तै देखिने समीक्षकले उल्लेख गरेका छन्। 

    पछाडिको भागमा सी आकारको ठूलो टेललाइट राखिएको छ। यो पातलो लाइटबारले जोडिएको छ।पछाडिको ठूलो र चम्किलो बम्परले गाडी निकै राम्रो देखिएको छ। सवारी समीक्षकहरूले गर्नेहरूले यो कारलाई स्पोर्टस् कारको झल्को दिने भएकोले यसले युवाहरूलाई आकर्षित गर्ने विश्लेषण गरेका छन्।महेन्द्रा बिई ६ अहिले बजारमा तीन वटा रंगमा उपलब्ध छन्। 

    अहिले सामान्य गाडीहरूमा ब्लाइन्ड स्पट धेरै हुने समस्या रहेकोमा यो कारको डिजाइनको कारण भिजिबिलिटी राम्रो रहेको बताइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend