images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • खराब मौसमको कारण भैरहवामा तीनवटा...

खराब मौसमको कारण भैरहवामा तीनवटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै

खराब मौसमको कारण भैरहवामा तीनवटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौँ । बाक्लो हुस्सुसहितको खराब मौसमका कारण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा कठिनाई भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।

    images
    images

    नागरिक उड्डयन प्राधिकरणका अनुसार कुबेतबाट उडान गर्दै आइरहेको जजिरा एयरवेज, दुबईबाट उडान गर्दै आइरहेको फ्लाई दुबई र बैंककबाट उडान गरिरहेको थाई एयर एसियाले त्यहाको खराब मौसमको कारण देखाउँदै उडानलाई निरन्तरता दिन नसक्ने लिखित जानकारी दिएका हुन् ।

    ‘भैरहवा विमानस्थल आसपास रहेका सिमेन्ट फ्याक्ट्री, इँटा उद्योग लगायतबाट निस्किने धुवाँसहित अचेल चिसोका कारण तराईमा लाग्ने हुस्सुले बिहान उडानहरू प्रभावित भइरहेका छन्,’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भइरहेका छन् । त्यहाँ तत्काल मौसम सुधार नहुँदासम्म उडान गर्न नसकिने जनाउँदै जानकारी दिएका छन् ।’ उनका अनुसार प्राधिकरणले उडान स्थगन गर्न अनुमति दिइसकेको छैन ।

    images
    images

    ‘खासमा विदेशी वायुसेवाले पनि उडान स्थगन गर्न चाहेका छैनन् । किनकी बजारको लय बिग्रिन्छ । यत्रो लगानी तथा प्रचार भइसकेको छ । तर उनीहरू केही समयका लागि उडान स्थगन गर्न अपिल गरिरहेको छन । प्राधिकरणले निर्णय गरिसकेको छैन । उनीहरूलाई बिहानपछि दिउँसो वा रातिको समयमा उडान गर्न अनुरोध गरीएको छ,’ सहप्रवक्ता भुलले भने ।

    अहिले भैरहवामा बिहान १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ । यो भिजिबिलिटी साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि पर्याप्त होइन । यिनलाई अवतरण गर्न न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । प्राधिकरणले माघ १० गतेदेखि भैरहवामा भूउपग्रहको सहायतामा जहाजलाई अवतरण गराउने आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन)प्रणाली लागू गर्दै छ । यो प्रणालीमा न्यूनतम ८ सय मिटर भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छन् ।

    प्राधिकरणले जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियालाई आरएनपीएआर लागू हुनुअघिसम्म समय हेरफेर गरेर उडानलाई निरन्तरता दिन भनेको छ । यी वायुसेवाले जवाफ दिएका छैनन् । भैरहवामा एक महिनाको अवधिमा फ्लाई दुबईले ५०, जजिराले २२, कतारले ३८, नेपाल वायुसेवा निगमले २४ र थाई एयर एसियाले १० वटा उडान गरेका थिए । बुधबारसम्मको तथ्यांक अनुसार यो अवधिमा अन्तर्राष्ट्रिय तर्फ ४७ सय ७१ यात्रु आवागमन भएको थियो । कतार एयरवेजले यी तीन वायुसेवा भन्दाअघि मंसिर १५ पछि यात्रुको अभाव देखाउँदै उडान रोकिसकेको छ । यस्ले कार्तिक २७ देखि भैरहवामा उडान थालेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend