images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • १४ वटा जीवन बिमा कम्पनीले...

१४ वटा जीवन बिमा कम्पनीले आर्जन गरे करिब साढे ५३ अर्ब बिमाशुल्क, कुनको कति ?

१४ वटा जीवन बिमा कम्पनीले आर्जन गरे करिब साढे ५३ अर्ब बिमाशुल्क, कुनको कति ?

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा १४ वटा जीवन बीमा कम्पनीले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ कुल बिमाशु्ल्क आर्जन गरेका छन् ।

    images
    images

    बिमा प्राधिकरणका अनुसार ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बिमाशुल्क आर्जन गर्दा नवीकरण बिमाशुल्क ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ, वैदेशिक रोजगार बिमाशुल्क ९१ करोड ९ लाख र प्रथम बिमाशुल्क ९ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

    प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्म १ करोड ३३ लाख ४९ हजार १५७ वटा बिमालेख सकृय रहेका छन् ।
    प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्ममा राष्ट्रिय जीवन बिमा कम्पनीले १ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

    images
    images

    यस्तै नेशलन लाइफ इन्स्योरेन्सले ६ अर्ब ४३ करोड ७२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १५ अर्ब ४० करोड ९५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ अर्ब ५ करोड ६७ लाख, नेट लाइफ इन्स्योरेन्सले १ अर्ब ८७ करोड ५१ लाख, एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब ७४ करोड ३५ लाख, आइएमई लाईफ इन्स्योरेन्सले १ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

    सन नेपाल लाइफले १ अर्ब २८ करोड १५ लाख, रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब ५५ करोड ८८ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सले २ अर्ब १९ करोड ६४ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब २५ करोड १३ लाख, सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड ९५ लाख, हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब ५८ करोड ३० लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend