images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल बैंक लिमिटेड र सिद्धि पोली प्याथ ल्याब प्रा.लि. बीच १० प्रतिशत सम्म छुट सम्झौता

नेपाल बैंक लिमिटेड र सिद्धि पोली प्याथ ल्याब प्रा.लि. बीच १० प्रतिशत सम्म छुट सम्झौता

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजार स्थित सिद्धी पोली प्याथ ल्याब प्रा.लि.द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। 

    images
    images

    नेपाल बैंक लिमिटेड र काठमाडौंको डिबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि.बीच मङ्सिर १२ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याब प्रा.लि. द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ।  

    उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याब प्रा.लि. को तर्फबाट प्रमुख वित्त अधिकृत श्री सुजन प्रधानले हस्ताक्षर गर्नुभएको थियो। 

    images
    images

    उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने बायोकेमिस्ट्री, हेमाटोलोजी, एन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, संक्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्च प्यानल, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इको टेस्ट, डिजिटल एक्स-रे, अल्ट्रासाउन्ड जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend