images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • एनपीएलका प्रत्येक चौकामा एनसेलले विद्यार्थीलाई ४...

एनपीएलका प्रत्येक चौकामा एनसेलले विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री दिने

एनपीएलका प्रत्येक चौकामा एनसेलले विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री दिने

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ ।

    images
    images

    क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरिएको भन्दै एनसेल एजियटा लिमिटेडको उक्त परोपकारी संस्थाले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री प्रदान गर्ने बताएको हो ।

    यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्ध्न गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने उसको विश्वास छ ।  विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ । एनपीएल नेपालको एक प्रमुख क्रिकेट प्रतियोगिता हो । यो शिक्षाको महत्व दर्शाउँदै सत्कार्यलाई प्रवर्द्धन गर्ने उपयुक्त प्लेटफर्म भएको एनसेलको भनाई छ । 

    images
    images

    शैक्षिक सामग्रीहरूको वितरण क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिने उल्लेख छ । क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend