images

२०८३ आश्विन १८ गते

images
images
images

दाल–गेडागुडीको अग्रिम आयकर दर घट्यो

दाल–गेडागुडीको अग्रिम आयकर दर घट्यो

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । सरकारले दाल तथा गेडागुडी आयात गर्दा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर घटाएको छ ।

    images
    images

    तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरेका थिए ।मन्त्रिपरिषद् निर्णयमार्फत त्यसलाई घटाएर सरकारले त्यसलाई साढे २ प्रतिशतमा झारेको हो ।

    दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दरबन्दी लाग्दै आएको छ । त्यसमा १० प्रतिशत अग्रिम आयकर थपिँदा उपभोक्ताको भान्सामा प्रयोग हुने दालको मूल्य बढेको थियो ।यसरी तिरेको आयकर अर्को वर्ष समायोजन गर्न नमिल्ने भएकाले यो एक हिसाबले भन्सारकै अर्को रूप भएको एक चार्टर्ड एकाउन्टेन्टले बताए ।

    images
    images

    ‘१० प्रतिशत अग्रिम आयकर भन्सारमा तिर्नु भनेको आयातकर्ताले ४० प्रतिशत नाफा गर्छ भनेर पहिल्यै आयकर लिनु जस्तै हो,’ उनले भने ।१० प्रतिशत अग्रिम आयकर लिने व्यवस्थाको दाल उद्योगीले विरोध गर्दै आएका थिए । यो व्यवस्थाले ३५ अर्ब लगानी भएको यो उद्योग संकटमा पर्ने जोखिम रहेको उनीहरूले बताउने गरेका थिए । सरकारले उद्योगीको माग सम्बोधन गर्दै अग्रिम आयकर घटाउने निर्णय गरेको हो ।

    सरकारले घटाएको अग्रिम आयकर आइतबारबाट कार्यान्वयनमा गइसकेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend