images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टोयोटाको...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टोयोटाको ३ करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टोयोटाको ३ करोड रुपैयाँ सहयोग

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।यूटीएसले टोयोटा ग्रुप इन एसियासँगको सहकार्यमा उक्त सहयोग गरेको जनाएको छ । विपद्का बेला नेपालसँगै उभिने प्रतिबद्धतासहित सहयोग गरिएको कम्पनीले जनाएको छ ।

    images
    images

    यूटीएसले विपद्पछिको उद्धार तथा पुनःस्थापनामा निरन्तर खटिरहेका नेपाल सरकार, सुरक्षा निकाय, मानवीय संस्थाहरू, स्वयंसेवक तथा समुदायप्रति आभारसमेत व्यक्त गरेको छ ।कम्पनीले विपद्को समयमा आवश्यक सहयोग गर्दै थप बलियो र विपद् प्रतिरोधी भविष्य निर्माणमा नेपालसँग सहकार्य गर्ने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend