images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • मार्दीखोलामा जलसतहले सतर्कता तह पार गर्‍यो,...

मार्दीखोलामा जलसतहले सतर्कता तह पार गर्‍यो, सप्तकोशीमा बाढीको जोखिम उच्च

मार्दीखोलामा जलसतहले सतर्कता तह पार गर्‍यो, सप्तकोशीमा बाढीको जोखिम उच्च

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ। कास्कीस्थित मार्दीखोला र चतारास्थित सप्तकोशी नदीमा जलसतह बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। महाशाखाका अनुसार शुक्रबार दिउँसो ३:३६ बजे कास्कीको लाहाचोकस्थित मार्दीखोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले मार्दीखोलाको तल्लो तटीय क्षेत्र तथा नदी आसपासका डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई भोलिपल्ट बिहानसम्मै उच्च सतर्क रहन आग्रह गरिएको छ। 

    images
    images

    यसैगरी दिउँसो २ बजे जारी अर्को सूचनाअनुसार सुनसरीको सप्तकोशी चतारामा पनि बाढी बढ्दो क्रममा रहेको छ। सप्तकोशीको बहाव बढ्दै गएकाले तल्लो तटीय र डुबानको जोखिममा रहने क्षेत्रका बासिन्दाहरूलाई पर्सिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend