images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • दुबईबाट राहदानी घरमै डेलिभरी, इमिरेट्स पोष्टमार्फत...

दुबईबाट राहदानी घरमै डेलिभरी, इमिरेट्स पोष्टमार्फत सेवा सुरु

दुबईबाट राहदानी घरमै डेलिभरी, इमिरेट्स पोष्टमार्फत सेवा सुरु

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएको राहदानी (पासपोर्ट) इमिरेट्स पोष्टमार्फत सम्बन्धित आवेदककै ठेगानामा डेलिभरी गर्ने व्यवस्था गरेको छ । महावाणिज्यदूतावासले शुक्रबार सूचना जारी गर्दै राहदानी लिनकै लागि कार्यालयमा आउन छुट्टी नमिल्ने, समय र यात्रा खर्च हुने भन्दै सेवाग्राहीबाट हुलाकमार्फत राहदानी डेलिभरीको व्यवस्था गर्न अनुरोध हुँदै आएकाले यस्तो व्यवस्था गरिएको जनाएको हो ।अब महावाणिज्यदूतावासबाट राहदानी आवेदन दिने व्यक्तिले बायोमेट्रिक दिने समयमा नै डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ । राहदानी बनेर आएपछि डेलिभरीका लागि इमिरेट्स पोष्टलाई दिइनेछ ।

    images
    images

    डेलिभरीको समयमा सम्बन्धित सेवाग्राहीले इमिरेट्स पोष्टलाई डेलिभरी शुल्क १५ दिराम तथा भ्याटसहित १५.७५ दिराम बुझाउनुपर्नेछ । महावाणिज्यदूतावासका अनुसार यो सेवा स्वैच्छिक हो । राहदानी घरमै डेलिभरी आवश्यक पर्ने सेवाग्राहीले मात्रै उक्त सेवा उपयोग गर्न सक्नेछन् ।

    819672889_2286862315413087_5104338926626679356_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend