images

२०८३ आश्विन १९ गते

images
images
images

रसुवा बन्दरगाहको निर्माण ६५ प्रतिशत सम्पन्न

रसुवा बन्दरगाहको निर्माण ६५ प्रतिशत सम्पन्न

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । रसुवा सुख्खा बन्दरगाहको निर्माण ६५ प्रतिशत सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने ७ महिना बाँकी रहँदा ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।चीनसंग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।

    images
    images

    नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दगाहतर्फको मूल संरचना निर्माण गर्न अब ३५ प्रतिशत मात्रै बाँकी छ ।‘कोभिडका कारण निर्माण कार्यमा केहि ढिलाई भएपनि अहिले युद्धस्तरमा काम भइरहेको छ, तोकिएको अवधीमा मूल संरचनालगायत सम्पूर्ण भौतिक पूर्वाधारको निर्माण सम्पन्न हुन्छ,’ उनले भने ।

    उनका अनुसार भौतिक पूर्वाधारतर्फ भोटेकोशी खोला र सडकतर्फ रेटेनिङ्ग वालको निर्माण कार्य पनि सम्पन्न भइसकेको छ ।यस्तै समड निर्माणतर्फ ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । यसबाहेक कार्गो गोदाम, लिटिगेशन गोदाम र नियमन सेडको निर्माण कार्य पनि ९० प्रतिशत सकिएको छ । प्रशासनिक भवनको निर्माण कार्य भने ५० प्रतिशत सकिएको उनले जानकारी दिए।

    images
    images

    ‘अहिले इलेक्ट्रिकल, सेनिट्यारी, खानेपानी तथा पेभमेन्टको काम भैरहेको छ,’ उनले भने,‘बन्दरगाहको बाँकी निर्माण कार्य यही असार २०८२ सम्ममा सम्पन्न हुने गरी द्रुत गतिमा भइरहेको छ ।’निर्माण सम्पन्न भएपनि चिनियाँ पक्षले यो वन्दरगाह सञ्चालनको लागि नेपाल सरकारलाई हस्तानान्तरण गर्नेछ ।

    बन्दरगाह निर्माण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकारबीच सन् २०१४ अक्टुवर १६ तारिखमा सम्झौता भएको थियो । त्यसपछि सन् २०१५ अप्रिल १० मा अर्थ मन्त्रालय र चिनियाँपक्षबीच लेटर अफ एक्सचेन्ज आदान प्रदान भएको थियो ।

    यस्तै चीन सरकार र नेपाल सरकारबीच पुरक सम्झौता भने २०७९ फागुन २ गते भएको थियो । जसअनुसार यसको कूल लागत १२४ मिलियन आरएमबी छ ।

    रसुवाको गोसाईकुण्ड गाउँपालिका १ स्थित टिमुरेमा ५० हजार ९ सय वर्ग मिटरमा बन्दरगाहको संरचना निर्माण भइरहेको छ । यसका ३ सय सवारी साधन अटाउने पार्किङ्ग पनि निर्माण भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend