images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • जिल्ला प्रशासन कार्यालय सुनसरीको विद्यालय हाताभित्र...

जिल्ला प्रशासन कार्यालय सुनसरीको विद्यालय हाताभित्र राजनीतिक गतिविधि नगर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय सुनसरीको विद्यालय हाताभित्र राजनीतिक गतिविधि नगर्न निर्देशन

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका कुनै पनि विद्यालय हाताभित्र राजनीतिक दलका गतिविधि तथा कार्यक्रमहरू सञ्चालन नगर्न निर्देशन दिएको छ।प्रशासनले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक विद्यालयका कक्षाकोठा तथा विद्यालय परिसरमा राजनीतिक दलहरूले आफ्ना दलसँग सम्बन्धित कार्यक्रमहरू गरिरहेको भनी व्यापक गुनासो आएको जनाएको छ। पठनपाठन र विशुद्ध शैक्षिक गतिविधि सञ्चालन हुने विद्यालयजस्ता संवेदनशील क्षेत्रमा दलगत कार्यक्रमहरू नगर्न प्रशासनले सचेत गराएको हो।

    images
    images

    सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाद्वारा जारी गरिएको सूचनामा राजनीतिक दलका आन्तरिक कार्यक्रमहरू चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा तथा भेलाजस्ता गतिविधि विद्यालयमा नगर्न र नगराउन जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गरिएको छ।साथै, विद्यालय परिसरभित्र यस्ता राजनीतिक गतिविधि हुन नदिन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा स्थानीय सरकारहरूलाई समेत प्रशासनले आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend