images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी...

रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले डमी खाता खोलेर कारोबार गरेको स्विकारे

रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले डमी खाता खोलेर कारोबार गरेको स्विकारे

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ निवासी आङबाबु राईमाथि सहकारी ठगीको आरोपमा जाहेरी परेपछि कानुनी कारबाही प्रक्रिया अघि बढेको छ । सोलुखुम्बुस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका राईले सोही क्रममा काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन् ।न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलास समक्ष बयान दिँदै उनले सहकारीले तीन वटा डमी खाता खोलेर कारोबार गर्दै आएको स्वीकार गरेका छन् ।उक्त सहकारीको उपाध्यक्ष विवबहादुर राई, सञ्चालक समिति सदस्य ईन्द्रकुमार राई, सचिव विनोदमणि राई, कोषाध्यक्ष अप्सरा श्रेष्ठ छन् । अध्यक्ष आङबाबुले सहकारीको रकम हिनामिना र बचत फिर्ता नदिएकोबारे आफ्नो पदीय दायित्वलाई पन्छाएर जाहेरवालाहरूले नै सहकारीबाट लगेको ऋण तथा उनीहरू जमानी बसेर विभिन्न व्यक्तिले लगेको ऋण नतिरेर आफूविरुद्ध उजुरी दिएको उल्लेख गरेका छन् ।

    images
    images

    सहकारीका अध्यक्ष आङबाबुका अनुसार सहकारीको हरहिसाब पारदर्शी रुपमा सञ्चालक समितिको निर्णय अनुसार नै कार्य हुँदै आइरहेकोमा कार्यालयको कम्प्युटरमा जडान भएको संस्थाको हरहिसाब रहने सफ्टवेयरमा संस्थाको नाममा रकम जम्मा गर्न मिल्दैन भनि सहकारी विभागबाट निर्देशन भई आएपछि डमी खाता खोलेर कारोबार गरिएको हो । सहकारी विभागले कारोबार नगर्न निर्देशन दिएपछि पनि उक्त सहकारीले डमी खाताबाट कारोबार गरेको उनकै बयानबाट पुष्टि भएको छ ।संस्थामा उठेको अतिरिक्त सेवा शुल्क बापतको रकम तथा बचतकर्ताको बचत रकम र खाता नम्बर त्रुटि भई सफ्टवेयरको सिस्टमले इन्ट्री नलिएको रकमलाई पछि बचतकर्ताहरूको खातामा जम्मा गर्ने गरी तत्कालका लागि कुनै एउटा डमी खाता बनाई सञ्चालन गर्ने भनि सञ्चालक समितिको निर्णय अनुसार नै एबी राई भन्ने डमी खाता बनाई उक्त खातामा जम्मा गरी सञ्चालक समितिको निर्णय अनुसार नै चलाउँदै आएको उनको दाबी छ ।

    ‘उक्त एबी राई भन्ने खाता वास्तविक मानिसको खाता नभई कार्यालय सञ्चालनको लागि सञ्चालक समितिले बनाएको डमी खातामात्रै हो,’ बयानमा उनले भनेका छन्, ‘उक्त खाता सञ्चालक समितिको निर्णय अनुसार क्यासियरका रूपमा काम गर्ने सञ्चालक समितिको सदस्य राधिका तामाङले व्यवस्थापन गर्ने गर्थिन् ।’एबी राईको नाममा तीन वटा डमी खाता सञ्चालमा रहेको बयान पनि उनले दिएका छन् । तीमध्ये एउटा खाता नेपाल रुरल डेभलपमेन्ट फाउन्डेशन नामको संस्थाको नवीकरण लगायत कर तिर्न खोलिएको, जसमा सहकारीको सञ्चालकहरूले मासिक रूपमा ३०० रुपैयाँको दरले जम्मा गर्ने गरेको उनले बताएका छन् ।अर्को खाता बचतकर्ताले दैनिक बचत गरेको रकम निजको खातामा इन्ट्री गर्दा नलिएकोले उक्त खातामा जम्मा गरी सम्बन्धित बचतकर्ताकै खातामा फिर्ता गर्ने गरी खोलिएको उनको भनाइ छ । यस्तै तेस्रो डमी खाता भने प्रवाह भएको कर्जाबाट प्राप्त आम्दानीहरू उक्त खातामा जम्मा गरी सोही खाताबाट सेयरहोल्डरलाई सुविधा रकमको रुपमा सेयर संख्या थपी सेयर वितरण गर्ने गरिएको र सिस्टमले नलिएको ऋणको रकमलाई उक्त खातामा राखी पछि चुक्ता गरिएको र घरभाडा बापत खर्चसमेत सोही खाताबाट भुक्तानी दिने गरिएको उनले बयानमा उल्लेख गरेका छन् ।

    images
    images

    ‘जाहेरवाला विवबहादुर राई र इन्द्रकुमार राईले नै आफूले लगेको ऋण रकम र जमानी बसेको ऋण रकमसमेत चुक्ता नगरी/गर्न नलगाई के कति कारणले जाहेरी दिनुभएको हो, थाहा भएन,’ बयानमा उनले भनेका छन्, ‘उहाँहरुको दायित्व ऋण र जमानी बसेको ऋणको दायित्व चुक्ता गरेमा उहाँहरुको रकम फिर्ता हुने नै छ । मैले व्यक्तिगत रुपमा सहकारीको सम्पत्ति, बचत रकम र सेयर रकम हिनामिना नगरेको र सञ्चालक समितिको निर्णय बमोजिम नै काम गरिरहेको अवस्थामा मलाई फसाउने उद्देश्यले झुटा आरोप लगाइएको हो ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend