काठमाडौं । दुई गीतकारको प्रतिलिपि अधिकार हनन भएको दावीसहित संगीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।गीतकार तथा स्रष्टाको बौद्धिक सम्पत्तिमाथि अनाधिकृत नियन्त्रण र प्रयोग गरी लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपमा सगरमाथा डिजिटल प्रालिका सञ्चालक हीरा बहादुर के.सी.विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम यो अभियोग पत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयले दायर गरेको आरोपपत्रमा गीतकार सरोज केसी र शशि शर्मा मजगैयाँको गीतमाथि उनीहरुले प्रतिलिपिअधिकार उल्लंघन गरेको आरोप छ । केसीको ३५ लाख रुपैयाँ र मजगैयाँको ६० लाख रुपैयाँ नोक्सान भएकाले क्षतिपूर्ति दिलाउनुपर्ने उनीहरुको माग छ ।
.सी. ले स्रष्टा मजगैयाँका ४८ वटा गीत तथा गजलहरू (जस्तै— 'तिम्रै यादमा', 'तिम्रो माया मेरो माया', 'मलाई बीच बाटोमा', 'माया के हो' लगायत) को प्रतिलिपि अधिकार उल्लङ्घन गरी अनाधिकृत रूपमा बिक्री–वितरण गरेको आरोप छ । ती गीतबाट आरोपित कम्पनीले अनधिकृत रूपमा आर्थिक आम्दानी गरेको दाबी गर्दै उनले बिगो र क्षतिपूर्ति भराउन माग गरेका छन् ।केसीले स्रष्टाको अनुमतिबिना गीतहरू युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा अपलोड गरी, वास्तविक विवरण लुकाई र स्रष्टाको नाम–श्रेय समेत हटाएर एकलौटी आर्थिक लाभ लिएको अभियोग पत्रमा उल्लेख छ ।




.gif)



