images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा...

भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउँदै

भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउँदै

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । जेनजी आन्दोलनमा आगजनीमा परेको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउँदै छ । प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार सोमबार बिहान १० बजेदेखि टंगाल स्टोर औपचारिक रूपमा ग्राहकका लागि खुल्ने भएको हो । कम्पनीले गत वर्षको जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका १२ वटा स्टोरमध्ये १० वटा स्टोरलाई छोटो समयमै पुनः सञ्चालनमा ल्याउन सफल भएको छ । बाँकी दुईवटा स्टोर (दमक र हेटौँडा) को पुनःनिर्माण अन्तिम चरणमा रहेको र छिट्टै सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

    images
    images

     भाटभटेनी सुपर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले विषम परिस्थितिमा साथ दिने ग्राहक, कर्मचारी र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । ‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए । तर, पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ,’ उनले भनेका छन्, ‘हामी एउटा निष्कर्षमा पुग्यौँ– खरानीबाट फेरि उठ्ने छौँ ।’जेनजी विद्रोहमा आगजनी भएर ठूलो क्षति ब्योहोरेको भाटभटेनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारी सुरक्षित गरेको थियो । कर्मचारीलाई बोनस कटौती नगरी, रोजगारीबाट नहटाई कम्पनीले आफ्नो व्यावसायिक उत्तरदायित्व पूरा गरेको थियो । ‘हामीले कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ, गत वर्षको दसैँ बोनससमेत कटौती नगरी उनीहरूको रोजगारीलाई निरन्तरता दियौँ,’ अध्यक्ष गुरुङले विज्ञप्तिमार्फत भनेका छन् ।

    भाटभटेनीले आफ्ना ग्राहकहरूलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । ‘हाम्रो दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरू, चौबीसै घण्टा खटेर पुनःनिर्माण गर्ने कर्मचारीवर्ग र भगवान्रुपी ग्राहकप्रति नमन गर्न चाहन्छौँ,’ अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गरेका छन् ।टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकहरूलाई नियमित रूपमा सेवा दिइने र गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend