images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रुपन्देही जिल्ला भलिबल सङ्घमा नयाँ कार्यसमिति...

रुपन्देही जिल्ला भलिबल सङ्घमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

रुपन्देही जिल्ला भलिबल सङ्घमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • बुटवल। जिल्ला भलिबल सङ्घ रुपन्देहीको अध्यक्षमा रामबहादुर थापा चयन भएका छन् । सङ्घको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।शुक्रबार बुटवलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लोकेन्द्रबहादुर भण्डारी र महेश खनाल, सचिवमा मिलन राना तथा कोषाध्यक्षमा इन्दिरा राना चयन भएका छन्। यस्तै सदस्यहरूमा अर्जुन घिमिरे, किरण पोखरेल, किसनबहादुर चन्द, थम्मन खत्री, प्रताप खवास र लालप्रकाश थापा निर्वाचित भएका छन्।

    images
    images

    निर्वाचन समितिका संयोजक सुमन अधिकारीले नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जानकारी दिए। अधिवेशनको उद्घाटन गर्दै नेपाल भलिबल सङ्घका सचिव झगबहादुर मिदुनले भलिबल राष्ट्रिय खेल भए पनि सरकारले यसलाई पर्याप्त प्राथमिकता दिन नसकेको बताए। बजेट अभावका कारण भलिबल खेलको अपेक्षित विकास हुन नसकेको उनको भनाइ थियो।कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल सङ्घका महासचिव नवल गुरुङ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, सङ्घका पूर्वअध्यक्ष विष्णुकुमार श्रेष्ठ, सल्लाहकार गम्भीर गुरुङलगायतले भलिबल खेलको विकासका लागि सम्बन्धित सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend