images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • विराटनगरबाट श्रीलंकन कप्तान चरिथ असलंकाले एनपीएल...

विराटनगरबाट श्रीलंकन कप्तान चरिथ असलंकाले एनपीएल खेल्ने

विराटनगरबाट श्रीलंकन कप्तान चरिथ असलंकाले एनपीएल खेल्ने

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ । ब्याटिङ अलराउन्ड उनी सन् २०२१ देखि श्रीलंकान टोलीको नियमित सदस्य  छन् ।असलंकाले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।टी–२० अन्तर्राष्ट्रियमा असलंकाले हालसम्म ७७ खेलमा १ हजार ४६६ रन बनाउँदा सात विकेट पनि लिएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८५ खेलबाट ३ हजार ७१५ रन र ३७ विकेट आफ्नो नाममा गराएका छन् ।

    images
    images

    सन् २०२४ देखि सीमित ओभरमा श्रीलंकाको नेतृत्व गरिरहेका असलंकाले आफ्नो अन्तर्राष्ट्रिय अनुभवसँगै नेतृत्व क्षमता पनि प्रदर्शन गरेका छन् । विराटनगरले असलंकाको आगमनले टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ ।“चरिथ असलंकाजस्ता अनुभवी खेलाडीलाई टोलीमा  स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ । उनको अन्तर्राष्ट्रिय अनुभव, आक्रामक ब्याटिङ र नेतृत्व क्षमताले एनपीएलको तेस्रो सिजनमा टोलीलाई थप ऊर्जा प्रदान गर्नेछ,” विराटनगरले भनेको छ । विराटनगर किंग्समा आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै असलंकाले नेपालमा खेल्न उत्साहित रहेको बताए ।“नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । नेपालमा क्रिकेटप्रतिको जुन उत्साह, माया र समर्थन छ, त्यसको बारेमा मैले धेरै सुनेको छु । अब आफैँ नेपाल आएर नेपाली क्रिकेट समर्थकहरूसँग त्यो अनुभव साझा गर्न म आतुर छु,” असलंकाले भने ।असलंकासँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल),  इन्टरनेसनल लिग टी–२० जस्ता फ्रेन्चाइज प्रतियोगिताको अनुभव छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend