images

२०८३ आश्विन १८ गते

images
images
images

सर्वोत्तम पेन्ट्सले डाक्यो वार्षिक साधारणसभा

सर्वोत्तम पेन्ट्सले डाक्यो वार्षिक साधारणसभा

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको असोज १ गते बसेको बैठकले आउँदो असाज २५ गतेका लागि वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभा कैलालीको अत्तरियास्थित गोदाबरीको होटल जंगल स्पामा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले बोनस शेयरका लागि कर प्रयोजनार्थ कम्पनीले छुट्याएको १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश पनि अनुमोदन गर्नेछ।सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend