images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • २४ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप...

२४ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थपियो करिब २३ करोड

२४ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थपियो करिब २३ करोड

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कोषमा बुधबारको तुलनामा बिहीबार २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो ।बिहीबार साँझसम्म कोषका विभिन्न नौवटा बैंकमा मौज्दात रकम १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ ।

    images
    images

    कार्यालयका अनुसार सबै खातामा गरी १४ अर्ब ५६ करोड ३८ लाख सात हजार ५५६ जम्मा मौज्दात छ । कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा भइसकेको छ ।सरकारले हालै रसुवाका बाढीप्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ । जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि दुई हजार अतिरिक्त उपलब्ध गराइने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend