images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा भोटेकोशी बाढीपीडितका...

सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।दुवै कम्पनीले संयुक्त रूपमा उक्त रकम सहयोग गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमल कुमार भारतीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेका हुन् ।

    images
    images

    गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो । विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको दुवै कम्पनीले जनाएका छन् ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने सहयोग रकमले बाढी प्रभावित परिवारको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा योगदान पुग्ने विश्वास कम्पनीहरूले लिएका छन् ।सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएका दुवै कम्पनीले आगामी दिनमा पनि देश र समुदायलाई आवश्यक परेको समयमा सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीहरूले प्रभावित नागरिक तथा परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । साथै, प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको काम शीघ्र सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend