images

२०८३ आश्विन १८ गते

images
images
images

एनपीएलको ब्रोडकास्ट राइट्स हिमालय स्पोर्ट्सलाई

एनपीएलको ब्रोडकास्ट राइट्स हिमालय स्पोर्ट्सलाई

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ ।  बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार (ब्रोडकास्ट राइट्स) हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ । सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ (करबाहेक १४.५६ करोड) कीर्तिमानी बोली लगाएर प्रतियोगिताको प्रसारण अधिकार सुरक्षित गरेको हो ।कम्पनीले सोमबार आधिकारिक विज्ञप्ति जारी गर्दै एनपीएलको प्रसारण अधिकार पाउनु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ । विज्ञप्ति अनुसार हिमालय स्पोर्ट्सले कबोल गरेको यो रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो। त्यस्तै, यो वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झण्डै साढे दुई गुणा बढी हो ।

    images
    images

    खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा के हासिल गर्न सकिन्छ भन्ने कुराको शक्तिशाली उदाहरण एनपीएलको बढ्दो मूल्यले देखाएको कम्पनीको निष्कर्ष छ । यस्तो आर्थिक वृद्धिले समग्र क्रिकेट इकोसिस्टमलाई बलियो बनाउने, थप स्रोतसाधन जुटाउने र खेलको विकासका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ ।हिमालय स्पोर्ट्सका लागि यो प्रसारण अधिकारको खरिदमात्र नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धता भएको बताइएको छ । एनपीएललाई गुणस्तरीय र फराकिलो पहुँचसहित दर्शकमाझ पस्कने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend