images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • इच्छाकामना र सहिद लखनलाई विपद् सङ्कटग्रस्त...

इच्छाकामना र सहिद लखनलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सांसद बुर्लाकोटीको माग

इच्छाकामना र सहिद लखनलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सांसद बुर्लाकोटीको माग

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले भोटेकोशी र त्रिशूलीको बाढीका कारण यी दुई गाउँपालिका गम्भीर सङ्कटमा परेको जानकारी दिएका हुन्।सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका केही पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बुर्लाकोटीले बाढीबाट चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकाका क्षेत्रहरू समेत प्रभावित भएकाले ती पालिकालाई पनि सङ्कटग्रस्त क्षेत्रमा समावेश गर्नुपर्ने बताए। यस विषयमा आफूले सरकार र पार्टीमा कुरा राखिसकेको जनाउँदै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै दुवै पालिकाका प्रभावितलाई राज्यका तर्फबाट उचित सम्बोधन गर्न सकिने उनले उल्लेख गरे।

    images
    images

    उनले भने, ‘बाढीले यी दुवै पालिकामा क्षति पुर्याएको छ, नदी तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। नदी किनारमा रहेका पर्यटकीय होटल र उद्योगमा क्षति पुगेको छ। दुवै गाउँपालिका त्रिशूली नदीको वारिपारि पर्दछन्। भोटेकोशीबाट आएको बाढी यिनै पालिकासँगैको त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो।’सरकारले रसुवाको उत्तरगया, गोसाइकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। त्यस्तै धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।यस सूचीमा इच्छाकामना र सहिद लखन गाउँपालिकालाई थप गरिएमा राज्यको लगानी बढ्नुका साथै राहत, उद्धार, क्षतिको पुनर्निर्माण र गैरसरकारी सङ्घसंस्थालाई काम गर्न बाटो खुला हुने प्रमुख सचेतक बुर्लाकोटीले बताए। बाढी प्रभावित परिवारलाई भेट्ने क्रममा चितवन हुँदै गोरखा पुगेका बुर्लाकोटीले प्रभावितहरूको उद्धार, राहत र पुनस्थापनामा सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर लागिरहेको जानकारी दिए।सरकारले गोरखालगायतका जिल्लाबाट सङ्घीय राजधानी जाने कृष्णभीरसहितका सडकको मर्मत र वैकल्पिक मार्ग निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले छिट्टै राजधानीसँगको यातायात सहज हुने उनले बताएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend