सिरहा । सिरहा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्तिहरूको उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि आर्थिक सहयोग गरेका छन्। भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि कैदीबन्दीहरूले स्वैच्छाले उक्त रकम संकलन गरेका हुन्।
कारागार कार्यालय सिरहाका अनुसार कैदीबन्दीहरूले २०८३ भदौ १७ गते राष्ट्रिय वाणिज्य बैंक सिरहामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रु ४५ हजार रूपैयाँ सहयोग रकम जम्मा गरेका छन्। कारागारका कर्मचारी तथा सम्पूर्ण कैदीबन्दीहरूले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ताहरूको सकुशल उद्धारको कामना गरेका छन्।कारागार प्रशासक विकल श्रेष्ठले विपद्को समयमा सहयोग पुर्याउने पवित्र कार्यका लागि सिरहा कारागारमा रहेका सम्पूर्ण कैदीबन्दीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।




.gif)



