images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितलाई जापानले राहत सामग्री हस्तान्तरण...

भोटेकोशी बाढीपीडितलाई जापानले राहत सामग्री हस्तान्तरण गर्दै

भोटेकोशी बाढीपीडितलाई जापानले राहत सामग्री हस्तान्तरण गर्दै

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि जापान सरकारले नेपाललाई आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ। काठमाडौंस्थित जापानी दूतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सहयोगबारे जानकारी दिएको हो।राहत सामग्री हस्तान्तरण कार्यक्रम बुधबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ह्युमानिटेरियन स्टेजिङ एरियामा आयोजना हुँदै छ। उक्त कार्यक्रममा नेपालका लागि जापानी राजदूत माएदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आपत्कालीन राहत सामग्री हस्तान्तरण गर्ने तय भएको छ।

    images
    images

    दूतावासले उपलब्ध गराएको जानकारीअनुसार यस आपत्कालीन सहयोग प्याकेजमा ३ सय थान ठूला पाल, १ हजार ८ सय थान स्लिपिङ प्याड र १ हजार ८ सय १० थान ब्ल्याङ्केट समावेश छन्। यसैगरी ३० थान प्लास्टिकका सिट र ३ सय थान बोक्न मिल्ने जेरी क्यान (पानी राख्ने भाँडो) पनि राहत सामग्रीमा राखिएको छ।विपद्को यस घडीमा जापानले नेपाललाई निरन्तर सहयोग र समर्थन गर्ने बताएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend