images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • उपत्यकामा ग्यास अभाव हुन नदिन वैकल्पिक...

उपत्यकामा ग्यास अभाव हुन नदिन वैकल्पिक रुटबाट ढुवानी गर्ने तयारी

उपत्यकामा ग्यास अभाव हुन नदिन वैकल्पिक रुटबाट ढुवानी गर्ने तयारी

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक उपाय खोजिएको छ । सडक अवरोधले ग्यास बुलेटहरू आउन नसकेपछि काठमाडौँ बाहिरका उद्योगबाट सिलिन्डर भरेर कान्तिराजपथ, त्रिभुवन राजपथ लगायतका वैकल्पिक रुट प्रयोग गरी ट्रक मार्फत ढुवानी गर्ने विषयमा हेटौँडामा छलफल भएको छ ।मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी उपरीक्षक (एसपी), सडक डिभिजनका प्रतिनिधि, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी र एलपी ग्यास व्यवसायीहरू सहभागी छन् ।

    images
    images

    पाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले दिएको जानकारी अनुसार, मुख्य राजमार्ग बन्द हुँदा उपत्यकामा ग्यासको समस्या देखिन थालेकाले यो विकल्प अघि सारिएको हो । काठमाडौँ बाहिर रहेका ग्यास उद्योगहरूमा सिलिन्डर भरेर ट्रक मार्फत उपत्यका पठाउने तयारी भइरहेको शाहले बताए ।साथै, मङ्गलवार काठमाडौँ बाहिर बोटलिङ गरिएका करिब ४ हजार सिलिन्डर ग्यास काठमाडौँ ल्याएको पनि शाहले जानकारी दिए ।बाढीका कारण सडक कहिले खुल्छ भन्ने निश्चित नभएकाले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन स्थानीय प्रशासन र व्यवसायीहरूसँग समन्वय गरेर ढुवानी सुरु गर्न लागिएको हो । बैठकले ट्रक मार्फत ग्यास ढुवानी गर्ने र त्यसका लागि आवश्यक सुरक्षा तथा सडक मार्गको सहजताका विषयमा निर्णय लिने बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend