images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • रसुवा बाढीको ६ दिनपछि पनि चिलिमेका...

रसुवा बाढीको ६ दिनपछि पनि चिलिमेका ६ कर्मचारी सम्पर्कविहीन, उद्धारका लागि हारगुहार

रसुवा बाढीको ६ दिनपछि पनि चिलिमेका ६ कर्मचारी सम्पर्कविहीन, उद्धारका लागि हारगुहार

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । रसुवामा विनाशकारी बाढीका कारण सम्पर्क बिहीन बनेका कर्मचारी खोजिदिन चिलिमे जलविद्युत कम्पनीले विभिन्न निकायलाई आग्रह गरेको छ । बाढी आएको ६ दिन बितिसक्दा पनि आफ्ना सम्पर्कविहीन कर्मचारीको अवस्था पत्ता नलागेपछि कम्पनीले हारगुहार गरेको हो ।  खोज तथा उद्धार संयन्त्रबाट ठोस परिणाम नआएपछि कम्पनीले ऊर्जा मन्त्रालयदेखि जिल्ला प्रशासन, विपद् प्राधिकरण, धितोपत्र बोर्ड र विद्युत नियमन आयोगसम्मलाई पत्र पठाउँदै उद्धार, सञ्चार सम्पर्क तथा क्षतिग्रस्त पूर्वाधार मर्मतमा तत्काल सहयोग गरिदिन अनुरोध गरेको हो । चिलिमेले भदौ १६ गते सरोकारवाला निकायलाई लेखेको पत्रअनुसार गोसाइँकुण्ड गाउँपालिकास्थित चिलिमे क्षेत्रमा आएको भीषण बाढीले जनजीवनसँगै सडक सञ्जाल, विद्युत् पूर्वाधार, सञ्चार सेवा, बस्ती तथा अन्य सार्वजनिक संरचनामा गम्भीर क्षति पुर्‍याएको छ ।

    images
    images

    सबैभन्दा चिन्ताजनक अवस्था भने कम्पनीका ६ कर्मचारीको छ । कम्पनीद्वारा सञ्चालित २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको पावरहाउस सुरुङ क्षेत्रमा कार्यरत ती कर्मचारी बाढीपछि सम्पर्कविहीन छन् । विपद्को छैटौँ दिनसम्म पनि उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ । बाढीले चिलिमे जलविद्युत केन्द्रको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । तत्काल विद्युत् उत्पादन सञ्चालन गर्न सकिने अवस्था नरहेको कम्पनीको भनाइ छ । कम्पनीको अगुवाइमा स्थापित सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीअन्तर्गतको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनासमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको पत्रमा उल्लेख छ ।

    आयोजना क्षेत्रमा आवतजावत र सञ्चार सम्पर्कसमेत टुट्दा उद्धार कार्य थप जटिल बनेको छ । कम्पनीले व्यवस्थापन तहबाट पावरहाउसमा फसेका कर्मचारीको उद्धार तथा आयोजना क्षेत्रमा विद्युत्, सडक र अन्य पूर्वाधार मर्मतका लागि अधिकतम प्रयास भइरहेको बताए पनि सरकारी संयन्त्रको प्रभावकारी सहयोगबिना काम अघि बढाउन कठिन भएको संकेत गरेको छ ।
    विपद्को ६ दिनपछि कम्पनीले सार्वजनिक रूपमा सहयोग माग्नुपर्ने अवस्थाले प्रभावित जलविद्युत आयोजनासम्म राज्यको खोज, उद्धार र समन्वय संयन्त्र कति प्रभावकारी रूपमा पुगेको छ भन्ने गम्भीर प्रश्नसमेत खडा गरेको छ। देशको ऊर्जा प्रणालीसँग प्रत्यक्ष जोडिएका दुई आयोजना पूर्ण क्षतिग्रस्त हुँदा र कर्मचारीसमेत सम्पर्कविहीन रहँदा पनि उद्धार तथा पहुँच पुनस्र्थापनामा अपेक्षित गति नदेखिनु चिन्ताजनक बनेको छ ।चिलिमेले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय रसुवा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, विद्युत् नियमन आयोग र नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाएको छ ।

    images
    images

    Screenshot 2026-09-01 123717

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend