images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • घोराही–तुलसीपुर सडकः बहुवर्षीय योजनाकारुपमा काम अघि...

घोराही–तुलसीपुर सडकः बहुवर्षीय योजनाकारुपमा काम अघि बढाउने तयारी

घोराही–तुलसीपुर सडकः बहुवर्षीय योजनाकारुपमा काम अघि बढाउने तयारी

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • दाङ । घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ ।

    images
    images

    सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्ने गरी छलफल भएको छ । त्यो टुङ्गिए पछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ ।

    योजना आयोगबाट स्वीकृत भएपछि अर्थ मन्त्रालयमा बजेट सुनिश्चितता गरिने प्रमुख विष्टले बताए । अर्थले बजेट सुनिश्चित गरेपछि निर्देशनालयले काम अघि बढाउने उनको भनाइ छ । त्यसका लागि आवश्यक कागजात तयार गरिरहेको प्रमुख विष्टले बताए । 

    images
    images

    तीस महिनामा काम सक्ने गरी तत्कालीन अवस्थामा २०७५ माघ देखि काम सुरु भए पनि चौथोपटक म्याद थप्दा पनि १० प्रतिशत काम पूरा हुनसकेको थिएन । ठेकेदार पनि सम्पर्क विहीन भएपछि चौतर्फी दबाबले डेढ वर्ष अघि ठेक्का नै रद्द भएको थियो । तत्कालीन अवस्थामा भारतीय एक्जिम बैंकको सहयोगमा चार लेन सडक भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले एक अर्ब २३ करोड कार्य अघि बढाएको थियो ।

    उक्त कम्पनीले पेटी ठेकेदार मार्फत काम गर्दै आएको थियो । त्यो बीचमा आठ जना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण सुरु भएको पाँच वर्ष सम्ममा १० प्रतिशत भन्दा बढी काम हुनसकेको थिएन । यस क्षेत्रका जनप्रतिनिधि, विभिन्न सघंसंस्था तथा राजनीतिक दलले समयमै काम गर्न दबाब दिँदै आएका थिए ।रासस  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend