काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले लिखत सम्बन्धी कसूरमा आरोपित सुनिल पौडेलको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको प्रमाणित प्रतिलिपि मगाउन आदेश दिएको छ ।जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले मंगलबार विशेष अदालतबाट भएको फैसलाको प्रतिलिपी मगाउने आदेश गरेको हो। आदेशमा भनिएकाे छ,"विशेष अदालतबाट उक्त मुद्दाको फैसला भएको भए सोको प्रमाणित प्रतिलिपि झिकाई प्राप्त भएपश्चात प्रतिवादी सुनिल पौडेलको बयानको लागि कारागारबाट झिकाई पेशी चढाई सोको जानकारी प्रतिवादी तथा जिल्ला सरकारी वकील कार्यालयलाई दिनू।"
पौडेलले आफ्नो विरुद्धको भ्रष्टाचार मुद्दा र हालको लिखत सम्बन्धी मुद्दा एकआपसमा अन्तरप्रभावी रहेको भन्दै विशेष अदालतको फैसलाको पूर्णपाठ नआएसम्म हालको कानूनी कारबाही रोक्न माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले यस्तो आदेश दिएको हो।विशेष अदालतले २०८३ साल असार ३० गते उनको भ्रष्टाचार मुद्दा मा फैसला सुनाएको थियो। उक्त मुद्दामा उनले आफ्नो स्थायी लेखा नम्बरबाट कर र सरकारी शुल्क भुक्तानी गरेको उल्लेख छ। तर, हाल जिल्ला अदालतमा विचाराधीन मुद्दामा भने उनले सोही स्थायी लेखा नम्बर कीर्ते गरेको आरोप लगाइएको छ । एउटै विषयसँग जोडिएका दुई फरक प्रकृतिका मुद्दा भएकाले विशेष अदालतको फैसलाको पूर्णपाठ आवश्यक रहेको दाबी पौडेलको छ।




.gif)



